ad ad

समाज


पाकिस्तानी प्रधानमन्त्री भन्छन्ः अब सुध्रेनौं भने हाम्रो हालत भारतको जस्तै हुनेछ

पाकिस्तानी प्रधानमन्त्री भन्छन्ः अब सुध्रेनौं भने हाम्रो हालत भारतको जस्तै हुनेछ

नेपालखबर
बैशाख ११, २०७८ शनिबार ७:६,

कोरोनाले भयावह अवस्था निम्तिएको भारतमा गएको २४ घण्टामा पनि ३ लाख ४६ हजार ७८६ नयाँ कोरोना संक्रमित थपिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यसबीचमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पाकिस्तान पनि कोरोनाको खतरादेखि सजग हुनुपर्ने नभए त्यहाँको हालत पनि भारतकै सरह हुने चिन्ता व्यक्त गरेका छन्।

शुक्रबार खानले कोरोनाविरुद्धको सरकारी निर्देशनलाई सबैले पालना गर्नुपर्ने बताउँदै भने,‘जुन तवरबाट भारतमा कोरोना संक्रमितको संख्या बढिरहेको छ। त्यसरी नै पाकिस्तानमा पनि बढ्नसक्छ त्यसैले कोरोनाविरुद्धको नियम पालना गरौं।’

उनले मास्क लगाउनु पर्ने विषयमा जोड दिँदै भनिन्,‘यदी आजदेखि इदसम्म देशका सबै नागरिकले कोरोनाविरुद्धको सरकारी नियम पालना गरे भारतले जस्तै लकडाउनको कदम चाल्नुपर्ने अवस्था आउँदैन।’

लकडाउनले देशका गरिब तथा मजदुरलाई असर गर्ने बताउँदै उनले सरकारको लकडाउन गर्ने मनसाय नभएको बताए।

तर कोरोनाको अवस्था बिग्रँदै गएमा लकडाउनको फैसला गर्न सरकार बाध्य हुने उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .