समाज


सिन्धुलीमा मोटरसाइकल दुर्घटना : प्रहरी जवानसहित तीन जनाको घटनास्थलमै मृत्यु

सिन्धुलीमा मोटरसाइकल दुर्घटना : प्रहरी जवानसहित तीन जनाको घटनास्थलमै मृत्यु

नेपालखबर
बैशाख ११, २०७८ शनिबार १:४३,

सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा एक प्रहरी जवानसहित तीन जनाको मृत्यु भएको छ।

मदन भण्डारी लोकमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका १४ चन्दनपुरमा शुक्रबार साँझ प्रदेश २–००१ प २१६३ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो।

दुर्घटनामा दुधौली नगरपालिका–४ डकाहा निवासी प्रहरी जवान २६ वर्षीय यमकुमर दनुवार, उनका भतिजा १३ वर्षीय आशिष कुमर र नौ वर्षीय बालक अदित कुमर दनुवारको घटनास्थलमै मृत्युभएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जनाएको छ। यमकुमर जिल्ला प्रहरी कार्यालय सर्लाहीमा प्रहरी जवान पदमा कार्यरत रहेका प्रहरीले जनाएको छ।

सिन्धुलीका प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले दुर्घटनामा उनीहरुको घटनास्थलमै मृत्यु भएको जानकारी दिए।

कमलामाई नगरपालिकाको भिमानबाट दुधौलीतर्फ जाँदै गरेको प्रदेश २–००१ प २१६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टिँदा दुर्घटना भएको हो। दुर्घटना स्थलबाट प्रहरीले उठाएर उनीहरुलाई जिल्ला अस्पताल सिन्धुली पुर्याएको थियो। अस्पतालका डाक्टरले उनीहरुको बाटैमा मृत्यु भएको घोषणा गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad