नवनिर्मित २२ तले धरहरा प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शनिबार) उद्घाटन गर्दैछन्।
२०७२ वैशाख १२ गतेको महाभूकम्पले भत्काएको ठुटे धरहरा यथावत् राखेर नजिकै अर्को धरहरा बनाइएको हो।
यसअघिको धरहरा ९ तले थियो भने अहिले २२ तलाको बनाइएको हो। भूकम्प गएको छैठौं वर्ष पुगेको दिन प्रधानमन्त्री ओलीले नयाँ धरहरा उद्घाटन गर्न लागेका हुन्।
धरहरा निर्माण पूरा भए पनि त्यस क्षेत्रमा अन्य संरचना निर्माण जारी रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ।
उद्घाटन आज गरिए पनि तत्काल अवलोकन गर्न भने नपाइने प्राधिकरणले जनाएको छ। आउँदो मंसिरसम्म सबै काम सकेपछि मात्रै सबैका लागि धरहरा खुला गर्ने तयारी छ।
थप विवरण : २२ तले धरहराको २०औँ तलामा सिसाको भ्यु डेक, शिरमा सुनको गजुर

प्रतिक्रिया