गत शुक्रबार अन्नपूर्ण (पहिलो) आरोहण गरी फर्किएकी फोटोपत्रकार तथा आरोही पूर्णिमा श्रेष्ठले धौलागिरि हिमाल आरोहण गर्ने भएकी छिन्।
पहिलोपटक अन्नपूर्ण हिमाल आरोहण गरी इतिहास रचेकी उनले धौलागिरि आरोहणमा पनि इतिहास रच्ने लक्ष्य लिएकी छिन्।
८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालमा पहिलोपटक पूर्णिमा श्रेष्ठसहित माया शेर्पा, डावुटी शेर्पा, पासाङ ल्हामु शेर्पा अकिता, दावा याङ्जुम शेर्पाशर्मिला स्याङ्तानले यही वैशाख ३ गते आरोहण गरेका थिए।
‘अन्नपूर्ण हिमाल जाँदा अरु कुनै तत्काल योजना थिएन’, पूर्णिमाले सामाजिक सञ्जाल ट्विटरमा लेखेकी छिन्, ‘पोखरा फर्किएपछि मैले नयाँ जमर्को गरेकी छु। यही सिजनमा अर्को ८ हजार मिटरभन्दा अग्लो हिमाल धौलागिरि।’
धौलागिरि पनि कुनै नेपाली महिलाले आरोहण नगरेको उनले उल्लेख गरेकी छिन्। धौलागिरि हिमाल ८ हजार १६७ मिटर अग्लो रहेको छ।
अन्नपूर्ण हिमाल जाँदा अरु कुनै तत्काल योजना थिएन, तर पोखरा फर्किएपछी मैले नयाँ जमर्को गरेकि छु, यहि सिजनमा अर्को ८,००० मिटर भन्दा अग्लो हिमाल धौलागिरी 🙏 Mission Dhaulagiri Expedition 2021 !
धौलागिरी पनि कुनै नेपाली महिलाले आजसम्म चढेका छैनन।Expecting your support and love. pic.twitter.com/jekuYmmyeZ

प्रतिक्रिया