प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकी श्रीमती जाङमु शेर्पाले आफ्ना श्रीमानको राजनीतिक जीवन समाप्त पार्ने षडयन्त्र भइरहेको भन्दै कडा विरोध गरेकी छन्।
आफूलाई प्रेममा धोका दिएको भन्दै बालिका खड्काले बिहीबार एमालेको नयाँ केन्द्रीय कार्यालयमै पुगेर मुख्यमन्त्री राईलाई भेट्न खोजेकी थिइन्, तर प्रहरीले उनको प्रयास असफल पारेको थियो। यसरी खड्काले पार्टी कार्यालयमै पुगेर मुख्यमन्त्री राईलाई भेट्न खोजेको यो दोस्रोपटक हो।
यो पनि : मुख्यमन्त्री शेरधन राई भेट्न बालिका खड्का पुगिन् एमालेको नयाँ मुख्यालय, रोक्यो प्रहरीले
सोही प्रकरणमा मुख्यमन्त्री राईकी पत्नी जाङमु शेर्पाले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गरेकी हुन्।
‘एउटा महिलाको नाममा यो हदसम्मका महिलाहरू पनि हुँदारहेछन् भन्ने आम महिलालाई कलंकित पार्ने जुन हर्कत एक जना महिलाले गर्दै आएकी छिन्, यो ज्यादै नै दुःखद छ,’ जाङमुले लेखेकी छन्, ‘मेरो श्रीमानले पीडित बनाएको एउटा सानो मात्रै प्रमाण भए म नै मेरो श्रीमानलाई कारबाहीको कठघरामा उभ्याउन तयार थिएँ, तयार छु।’
हेर्नुहोस्, मुख्यमन्त्री राईकी पत्नी जाङमु शेर्पाले फेसबुकमार्फत जारी गरेको वक्तव्य :
समाजिक संजाल र युटुबहरुमा भाइरल बनाइएकाे घटना र बिषयले मेराे गंभीर ध्यानाकर्षण भएकाे छ ! मेराे श्रीमान बिरुद्व बिगत...
Posted by Jangmu Enn Sherpa on Thursday, April 22, 2021

प्रतिक्रिया