सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादव जवरजस्ती करणीको आरोपमा पक्राउ परेका छन्।
उनलाई धरानस्थित एक होटलमा यौनजन्य क्रियाकलाप गर्दागर्दै बुधबार रंगेहात पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
भोक्राहा नरसिंह गाँउपालिका ३ का ५४ वर्षीय यादवले धरान उपमहानगरपालिका १३ स्थित डुकु होटल एण्ड लजको कोठामा जवरजस्ती करणी गरेको पीडितलाई उदृत गर्दै प्रहरीले जनाएको छ।
सूचना प्राप्त हुनसाथ ईलाका प्रहरी कार्यालय धरानबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरीले डुकु होटलमा एक युवतीसँग यौनजन्य क्रियाकलाप गर्दागर्दै पक्राउ गरेको हो।
अध्यक्ष यादवले काममा लगाई दिन्छु भन्दै भेडेटार जाने बाटो छेउको डुकु होटलमा लगेर खाजा नास्ता खाने भन्दै कोठामा पु¥याई जबरजस्ती करणी गरेको पीडितले बताएकी छन्।
अध्यक्ष यादवलाई जबरजस्ति करणी मुद्दा अन्तर्गत बिहीबार जिल्ला अदालत सुनसरीबाट ५ दिनको म्याद लिएर अनुसन्धान सुरु गरेको सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले बताए।

प्रतिक्रिया