समाज


भारतीय नेपालीभाषी साहित्यकार लक्खीदेवी सुन्दासको निधन

भारतीय नेपालीभाषी साहित्यकार लक्खीदेवी सुन्दासको निधन

नेपालखबर
साउन ३०, २०७६ बिहिबार १०:९,

भारतेली नेपाली साहित्यकी वरिष्ठ साहित्यकार डा. लक्खीदेवी सुन्दासको निधन भएको छ।

बिहीबार ८५ वर्षको उमेरमा सुन्दासको निधन भएको हो।

लामो समयदेखि अस्वस्थ रहेकी उनी पछिल्लो २ अगस्तदेखि सिलगढ़ीस्थित किन्स अस्पतालमा उपचारारत थिइन्।

साहित्यकार सुन्दासका छोरा योगेन्द्रराज सुन्दासले दिएको जानकारी उनको अपराह्न १२ः३८ बजे उनको निधन भएको हो। लामो समयसम्म अध्यापन पेशामा संलग्न रहेकी सुन्दास आफ्ना विद्वतापूर्ण लेखहरूले चिनिन्छन्।

 २००१ मा ‘आहत अनुभूति’ कथा संग्रहका लागि साहित्य पुरस्कारले सम्मानित उनका ‘आहत अनुभूति’ (१९९८), ‘सम्भावित अर्थ समर्पित एकान्त’ कविता संग्रह (२०००) र ‘समय समीक्षण’ समालोचना संग्रह (२००८) प्रकाशित छन्।
पीबाहेक उनका अन्य करिब एक दर्जन सम्पादन र अनुवादका कृति प्रकाशित छन्। सुन्दासको जन्म २७ मार्च १९३४ कोलकातामा भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .