भारतका वैज्ञानिकले आफ्नो देशमा बनाइएको कोभ्याक्सिन कोरोना भाइरसको डबल म्युटेन्टविरुद्ध पनि प्रभावकारी देखिएको दाबी गरेका छन्।
आईसीएमआर र पुणेस्थित नेसनल इन्स्टिच्युट आफ भाइरोलोजी (एनआईबी) का वैज्ञानिकले गरेको अध्ययनले भारतमै बनेको कोभ्याक्सिन कोरोनाको डबल म्युटेन्टविरुद्ध पनि प्रभावकारी देखाएको हो।
भारतीय सञ्चारमाध्यमका अनुसार बेलायत, ब्राजिल र दक्षिण अफ्रिकाबाट भारत भित्रिएको अलग अलग म्युटेन्टका भाइरसलाई संकलन गरी भारत बायोटक कम्पनीले बनाएको कोभ्याक्सिन परीक्षण गरिएको थियो। त्यस क्रममा यो भ्याक्सिनको दुई डोज लगाएका बिरामी गम्भीर बिरामी नपरेको दाबी गरिएको छ।
भारतमा खतरनाक बनेर द्रुत गतिमा फैलिरहेको कोरोनाको डबल म्युटेन्ट नेपालमा पनि देखापरिसकेको छ।

प्रतिक्रिया