समाज


भारतमा भेन्टिलेटरमा रहेका १० बिरामीको एकसाथ मृत्यु (भिडिओ)

भारतमा भेन्टिलेटरमा रहेका १० बिरामीको एकसाथ मृत्यु (भिडिओ)

नेपालखबर
बैशाख ८, २०७८ बुधबार ९:३६,

भारतको महाराष्ट्र राज्यस्थित एक अस्पतालमा अक्सिजन आपूर्ति बन्द हुँदा भेन्टिलेटररमा रहेका १० बिरामीको एकसाथ मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार नासिकस्थित जाकिर हुसैन अस्पतालमा अक्सिजन नपाएर भेन्टिलेटरमा रहेका १० बिरामी मृत्यु भएको हो।

प्राप्त जानकारीअनुसार अस्पतालको ट्यांकरमा अक्सिजन चुहावट भएपछि आपूर्ति बन्द गरिएको थियो। जब आपूर्ति बन्द भयो तब भेन्टिलेटरमा रहेका १० जना बिरामीले अक्सिजन पाउन सकेनन् र तड्पीतड्पी मरेका हुन्।

यो दुर्घटनाको अनुसन्धान गर्न त्यहाँको प्रशासनले आदेश दिएको छ।

अक्सिजन लिक भएको दृश्य : 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad