हालै रेडियो नेपालको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगिता २०७७ मा उत्कृष्ट संगीतकारको पुरस्कार विजेता शंकर थापा ‘स्माइल’को संगीतमा रहेको बिल्कुलै नयाँ म्युजिक भिडिओ ‘सोची हेरन’ डिजिटल बजारमा सार्वजनिक भएको छ।
सुदिप भण्डारीको स्वरमा रहेको यस गीतमा चर्चित गीतकार डिपी खनालको शब्द रहेको छ। गीतमा सन्देश रुचालको संगीत संयोजन रहेको छ।
आत्मसम्मान, जिम्मेवारी भित्रको प्रेम कहानी प्रस्तुत गरिएको म्युजिक भिडिओमा विकास लामिछाने र सिर्जना जिसी फिचर्ड छन्। अनिल कुमार मानन्धरको छायांकन तथा दिन्शन शाहले सम्पादन गरेको यस भिडिओयोलाई सुरेन्द्र मल्ल ठकुरीको निर्देशनमा तयार पारिएको हो।
डश म्युजिक नेपालको आधिकारिक च्यानल मार्फत भिडिओ सार्वजनिक गरिएको हो।
3
Shares

प्रतिक्रिया