समाज


आज रामनवमी पर्व

आज रामनवमी पर्व

नेपालखबर
बैशाख ८, २०७८ बुधबार ८:२०,

आज रामनवमी पर्व, देशभर श्रद्धा भक्तिपूर्वक भगवान श्रीरामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ।

चैत्र शुक्ल पक्षको नवमी तिथीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धापूर्वक पूजा आरधना गरी देशभर मनाइँदैछ।

रामायणका अनुसार आजको दिनलाई भगवान श्रीरामचन्द्रको जन्म दिनको रुपमा पनि मनाउने गरिन्छ।

त्रेतायुगमा आयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको जेष्ठ सुपुत्रका रुपमा विष्णुको अवतार लिएर श्रीरामचन्द्रको जन्म चैत्र शक्ल नवमीकै दिन भएको थियो।

असत्यमाथि सत्यको विजयको रुपमा लिइने पर्व रामनवमीको अवसरमा देशभरका राम मन्दिरहरुमा पूजा आराधना गरिन्छ।

आजको दिन जनकपुरको रामजानकी मन्दिरमा भव्य पूजाआजा हुन्छ।

रामजानकी मन्दिरमा नेपाल तथा भारतबाट ठूलो संख्यामा श्रद्धालु भक्तजनहरु आउने गर्दछन्।

आज भगवान श्रीरामको व्रत, उपवास बस्ने र पूजा आराधना गर्नाले सुख, शान्ति मिल्ने धार्मिक विश्वास रहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad