समाज


अमेरिकाले आफ्ना नागरिकलाई भन्योः खोप लगाउनेहरु पनि भारत नजानू

अमेरिकाले आफ्ना नागरिकलाई भन्योः खोप लगाउनेहरु पनि भारत नजानू

नेपालखबर
बैशाख ७, २०७८ मंगलबार १२:५३,

कोरोना भाइरसबाट विश्वमै सबैभन्दा बढी प्रभावित राष्ट्रको दोस्रो सूचीमा रहेको भारतमा अहिले सबैभन्दा बढी संख्यामा कोरोना संक्रमित थपिरहेका हुन्।

जसका कारण देशको राजधानी दिल्लीदेखि धेरै क्षेत्रमा लकडाउन लागू भएको छ। गएको २४ घण्टामा मात्र भारतमा २ लाख ५९ हजारभन्दा बढी कोभिडका संक्रमित थपिएका छन्।

सोही अवधिमा १७ सय ६१ को ज्यान गएको छ। यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या १ करोड ५३ लाखभन्दा बढी पुगेको छ।

यहाँ १ लाख ८० हजारभन्दा बढीको कोरोनाकै कारण मृत्यु भएको छ। हालसम्म १२ करोड ७१ लाख २९ हजारमा खोप लगाएता पनि दैनिक यहाँ संक्रमितहरु गतवर्षको भन्दा बढी थपिरहेका छन्।

कोरोनाको नयाँ रुप डबल म्युटेन्ट भेरियन्टका कारण धेरै संक्रमित बनिरहँदा अमेरिकाले आफ्ना नागरिकलाई कोरोना खोप नै लगाएता पनि अहिले भारत भ्रमणका लागि भने नजान सुझाव दिएको छ।

अमेरिकाको सरुवा रोग नियन्त्रण गर्ने संस्थाले भारतमा तत्काल जाँदा कोरोना संक्रमण फेरि हुने खतरा भएको जनाएको छ।

यदी जानै पर्ने काम भएमा दुई डोज खोप लगाएर जान र कोरोनाविरुद्धको नियम पालना गर्न उक्त संस्थाले सुझाव दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .