ad ad

समाज


ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

नेपालखबर
बैशाख ६, २०७८ सोमबार ८:४९,

झापा मेचीनगर नगरपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ।

सोमबार बिहान पूर्व जाँदै गरेको डब्लु बी ७३बी ३३२४ नम्बरको ईन्डियन ट्रकले साइकललाई ठक्कर दिँदा साइकल यात्री मेचीनगर नगरपालिका ८ जोर सिमल का ३० वर्षीय मनोज मेचे गम्भीर घाइते भएका थिए।

उनको बी एण्ड सी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। ट्रक नियन्त्रणमा रहेको र चालक फरार रहेकोले खोजतालस भइरहेको प्रहरीको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .