ad ad

राजनीति


एमसीसीको विरोधमा २२ राजनीतिक दलले गरे माइतीघरमा प्रदर्शन (भिडिओ)

एमसीसीको विरोधमा २२ राजनीतिक दलले गरे माइतीघरमा प्रदर्शन (भिडिओ)

नेपालखबर
बैशाख ६, २०७८ सोमबार ८:३९,

विभिन्न २२ राजनीतिक दलहरुले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्।

एमसीसी सम्बन्धी सम्झौता अघि नबढाउन दबाब दिने उद्देश्यले विभिन्न २२ वटा राजनीतिक दलहरुले सोमबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागिहरुले ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’, ‘एमसीसी परियोजना खारेज गर’ लगायतका नारा लगाएका थिए।

यस्तै प्रदर्शनकारीहरुले ‘राष्ट्रघाती एमसीसी सम्झौता खारेज गरौं, राष्ट्रिय सार्वभौमिकताको रक्षा गरौं’, ‘एमसीसी सम्झौता चाहिँदैन, नेपाललाई उपनिवेश बनाउन पाइँदैन’, ‘राष्ट्रिय स्वाधिनताको रक्षा गरौं’, ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’ लगायत लेखिएका पम्पलेट पनि बोकेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .