समाज


भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ युवकको मृत्यु

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ युवकको मृत्यु

नेपालखबर
बैशाख ३, २०७८ शुक्रबार ९:५८,

भक्तपुरमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा २ युवकको मृत्यु भएको छ।

प्रहरीका अनुसार अरनिको राजमार्गअन्तर्गत भक्तपुरको भक्तपुर नगरपालिका–१, चुनदेवीमा सल्लाघारीबाट सूर्यविनायकतर्फ जाँदै गरेको प्रदेश नम्बर ३–०२–०११ प ८२५० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक किनारको बारमा ठोक्किएको हो।

दुर्घटनामा बाँकेको नेपालगन्ज घर भई काठमाडौंको पुतलीसडक निवासी २० वर्षीय सूर्य ओली र भोजपुर साल्पासिलिछो चौकीडाँडा घर र्भई पुतलीसडकमै बस्ने १८ वर्षीय सुमन गिरीको मृत्यु भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad