खेल


पूर्वकप्तान पारसले त्रिकोणात्मक शृंखला गुमाउने

पूर्वकप्तान पारसले त्रिकोणात्मक शृंखला गुमाउने

नेपालखबर
बैशाख ३, २०७८ शुक्रबार ९:४६,

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले शनिबारबाट त्रिवि क्रिकेट मैदानमा सुरु हुने नेदरल्यान्ड्स र मलेसियाबीचको त्रिकोणात्मक टि–२० अन्तर्राष्ट्रिय शृंखला गुमाउने भएका छन्।

गत आइतबार फिल्डिङ गर्नेक्रममा दायाँ हातको काँधमा चोट लागेका कारण पारसले शृंखला गुमाउने भएका हुन्। पारसले सामाजिक सञ्जालमार्फत अभ्यास खेलमा क्याच लिनेक्रममा चोट लागेको उल्लेख गरेका छन्। उनले दुई देखि तीन हप्तासम्म आराम गर्नुपर्ने भएको छ।

नेपालले त्रिकोणात्मक शृंखलाको पहिलो खेल शनिबार नेदरल्यान्ड्सँग खेल्दैछ।

नेपालको टोलीमा ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहरा, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, कुशल भुर्तेल, साहब आलम, कमलसिंह ऐरी, सुशन भारी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad