भारतमा पछिल्लो २४ घण्टामा २ लाखभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ।
भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टाभित्र २ लाख १७ हजार ३ सय ५३ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो। यस अवधिमा कोरोना संक्रमणले १ हजार १ सय ८५ जनाको मृत्यु पनि भएको मन्त्रालयले जनाएको छ।
योसँगै भारतमा कोरोना भाइरसबाट संक्रमित भएकाको संख्या १ करोड ४२ लाख तथा मृत्यु भएकाको संख्या १ लाख ७४ हजार नाघेको छ।
अहिले भारतमा सक्रिय संक्रमितको संख्या १५ लाख ६९ हजार छ।
भारतमा कोरोना संक्रमणको दर पछिल्ला दिनमा लगातार बढिरहेको छ।
भारतमा ११ करोड ७२ लाख जनाले कोरोना भाइरसको भ्याक्सिन लगाएका छन्।
प्रतिक्रिया