नेपाल राष्ट्र बैंककी निर्देशक सुष्मा रिजाल रेग्मी पुर्पक्षका लागि कारागार चलान भएकी छन्।
जिल्ला अदालत काठमाडौंले सोमबार उनलाई पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारास्थित महिला शाखामा पठाउन आदेश दिएको हो।
रिजालकै आमाको जाहेरीपछि प्रहरीले उनलाई चैत २२ गते कार्यालयबाटै पक्राउ गरेको थियो।
८४ वर्षीया आमाले छोरीले आफ्नो सम्पत्ति अनधिकृत रुपमा निकालेर लगेको र आफ्नो हेरचाह नगरेको भन्दै जाहेरी दिएकी थिइन्।
आफ्नो माछापुच्छ्रे बैंकमा रहेको रकम र लकरमा रहेका सुनचाँदी अनधिकृत रुपमा निकालेको उनकी आमाको जाहेरीमा उल्लेख छ।
आफ्नो सेयर समेत झुक्याएर बिक्री गरेको र आफूहरुको ३ करोड बढीको सम्पत्ति लगे पनि हेरचाह नगरेको रिजालमाथि आरोप छ।
उनीविरुद्ध ज्येष्ठ नागरिक ऐन २०६३ अन्तर्गत कसुरमा मुद्दा चलाइएको हो।
3
Shares

प्रतिक्रिया