नोकिया फोन र सहायक उपकरणहरुको घर एचएमडी ग्लोबलले ६ नयाँ स्मार्टफोन–नोकिया एक्स २०, नोकिया एक्स १०, नोकियाजी २०, नोकियाजी १०, नोकिया सी २०, र नोकिया सी १० हरुलाई तीन वटा फरक लाइनहरुमा सुव्यवस्थित गरेर आफ्नाे सबैभन्दा ठूलो लन्चको घोषणा गरेको छ।
टप अफ द रेन्ज नोकिया एक्स सिरिज, इन्टरमिडिएड जीसिरिज र इन्ट्री लेभल सी सिरिज सबै फोनहरुले क्वालिटी अनूभव प्रदान गर्दछ जुन सबै उपभोक्ताहरुले युरोपेली मोबाइल कम्पनीबाट अपेक्षा गरेका हुन्छन्। उत्पादनहरु जुनभित्र र अन्तिममा निर्माण गरिएको छ त्यसको लागि उद्योगका अग्रणी सुरक्षा, उच्च ड्युराबिलटी र नवीनतम सफ्टवेर प्रदान गर्ने वाचाका साथ स्थापित भएकाउद्योगलाई धन्यवाद दिन जरुरी छ।
एचएमडी ग्लोबलका सीईओ फ्लोरियन सेशेले भने, ‘बितेको १२ महिना पक्कै पनि हाम्रो लागि चुनौतीपूर्ण भएको छ, यद्यपी यसले हामीलाई रोक्किन, सोच्न र हाम्रो सुरु यात्राको अर्को ठूलो चरणको लागि तयार गर्न पनि समय दिएको छ। एक फिनिश कम्पनीको रुपमा हाम्रो टेक्नोलोजी र व्यवसायको दृष्टिकोण भनेको मानव–प्रथम हो र यो कुरा नयाँ स्मार्टफोनको रेन्जमा पनि प्रतिबिम्बित हुन्छ। हामी चाहन्छौँ कि मानिसहरुले आफ्नो फोनलाई माया गरुन्। एचएमडी मोबाइलको लन्चको साथ मोबाइलका सबै चिजहरुको समग्र प्रदायकको लागि हाम्रो यात्राको माइलस्टोन सुरु भएको छ। यसले सबै विस्तार गर्दछ र यो केवल हाम्रो सुरुवात मात्र हो। हामी तपाईँलाई विश्वास दिलाउन चाहन्छौँ। कि हामीले गर्ने प्रत्येक चीज हाम्रो हृदयमा हामी सुरक्षित राख्छौँ। नोकिया स्मार्टफोनहरु सुरक्षाका साथ आउँछन् र सफ्टवेरअपडेट एक्स्ट्रा पिस अफ माइन्डका लागि उपलब्ध छन् र हामी चाहन्छौँ कि मानिसहरु आफ्ना फोन लामो समय सम्म राख्नपाउनेछन् र यसको मुख्य कारण भनेको यस फोनको सिग्नेचर ड्युराबिलिटी हो।’
एक्स सिरिज नोकिया एक्स २० र नोकिया एक्स १० का साथ लन्च हुँदै
नयाँ पोर्टफोलियोको शीर्ष स्थानमा नोकिया एक्स २० र नोकिया एक्स १० रहेका छन्। मध्य दायराको सिमानालाई धकेल्दै यी स्मार्टफोनहरुले आफ्नो मूल्य ट्यागभन्दा धेरै अनुभवर गुण प्रदान गर्दछ। दुवै लेटेस्ट क्वालकम स्न्यापड्रागन टीएम४८० ५ जी मोबाइल प्ल्याटफर्मद्वारा संचालित यो फोनले डिफाइंग प्रदर्शन र वास्तवमै ग्लोबल ५जी को प्रदान गर्दछ। सिग्नेचर नोर्डिक डिजाइन जसले सबै नोकिया स्मार्टफोन्सलाई प्रेरणा दिँदै थप तीन वर्षको सुरक्षा र सºटवेयर अप्डेट एक्स्ट्रा पिस अफ माइन्डका लागि प्रयोगमा ल्याएको छ। क्लिन एन्ड्रोइड टीएम इन्टरफेसमा प्रस्तुतयी ह्यान्डसेटहरु एन्ड्रोइड ११ को साथ आउँछन्।
जीसिरिज नोकियाजी २० र नोकियाजी १० का साथ लन्च हुँदै
जीसिरिजले सीधा समस्या समाधान प्रविधिको माध्यमबाट तपाईँको सबै दैनिक आवश्यकताहरुलाई प्रदानको सही सन्तुलन मिलाउने प्रतिनिधित्व गर्दछ। जी रेन्जका दुवै फोनहरुमा रहेका सुविधाहरु भनेको यसको तीन दिनको ब्याट्री लाइफहो–जुन नोकिया स्मार्टफोनहरु मध्य अहिलेसम्म कै लामो हो। नोकियाजी २० लाई नोकिया स्मार्टफोनमा उपलब्ध भएको सिग्नेचर एन्ड्रोइड प्रोमिसले सर्पोट गरेको छ।
यो भनेको तपाईँको डेटालाई सकेसम्म सुरक्षित राख्ने मद्धतको लागिमासिक सुरक्षा अपडेटहरुको तीनवर्ष र ओएस अपडेटको दुई वर्ष हो। पहिलो सदस्यहरुले सिग्नेचर लन्गीभिटी, इम्प्रुभ्ड सेक्युरिटीकासाथ जीसिरिजमा सामिल भएका थिए र यसको कारण भनेकै फेस र साइड फिन्गरप्रिन्ट अनलक र प्रभावशाली ६.५इन्च टियरड्रप डिस्प्ले हो जुन ब्राइटनेस बुस्टका साथ उपलब्ध छ।

सीसिरिजले नोकिया सी २० र नोकिया सी १० थप गर्दै
आश्चर्यजनक मूल्यमा ल्याउँदै सी सिरिजले उच्च गुणवत्ता स्मार्टफोन टेक्नोलोजी सबैको लागि पहुँचयोग्य बनाएको छ। थप गरिएका फिचर्सहरुमा वाइड ६.५ इन्च एचडी डिस्प्ले हो जुन सुपथ मूल्यमा उपलब्ध छ। एन्ड्रोइड११ टीएम (गो संस्करण) को साथ २० प्रतिशत छिटो रफ्तार र सुधारिएको सुरक्षा सुविधाहरुका साथै नोकिया स्मार्टफोनको ड्युराबिलिटीे दुई वर्षको लागि त्रैमासिक सुरक्षा अपडेटहरुका सहित उपलब्ध छन्।
२०१६ सालको अन्त्यसम्म दुई नयाँ एन्ड्रोइड पावर डिभाइसहरु जारी गरेर नोकिया स्मार्टफोनले नेपाली बजारमापुनः वापसी गरेको छ। एचएमडीले गुगलको एन्ड्रोइड नौगट ओएसलाई आफ्नो शुद्ध रुपमा प्रस्तुत गरेर एन्ड्रोइड सञ्चालित नोकिया स्मार्टफोनहरु पेश गरेर एउटा अनौठो दृष्टिकोण अपनायो जसको अर्थ कुनै बन्डल्ड थर्ड पार्टी एप, कुनै पनियुआई कस्टोमाइजेशन, र नियमित सुरक्षा अपडेटहरु छैन।
नोकियाले आफ्नो वापसी गरेको छ र पहिलेको जस्तो सबैभन्दा उत्तम मोबाइल फोनहरुको रुपमा आफ्नो स्थान स्थापना गर्न सुरु गरेको छ। उनीहरुको ट्यागलाइन ‘कनेक्टिङपिपल’ को साथ केवल शब्दहरुमा मात्र सीमित गर्नुको सट्टा उनीहरुले शाब्दिक रुपमा वास्तविकतामा अभ्यास गरेर उनीहरुले अविश्वसनीय काम गरेका छन्।

प्रतिक्रिया