कारोबार


कोरोना संकटमा पनि ७२ प्रतिशतले बढ्यो वैदेशिक सहायता

कोरोना संकटमा पनि ७२ प्रतिशतले बढ्यो वैदेशिक सहायता

नेपालखबर
चैत ३०, २०७७ सोमबार १२:२,

कोरोना महामारी विश्वभर फैलिएकोले चालू आर्थिक वर्षमा वैदेशिक सहायता कम आउने आकलन गरिए पनि बढेको पाइएको छ।

अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा ७१ दशमलव ५ प्रतिशतले बढेको हो।

वैदेशिक सहायता प्रतिबद्धता फागुन महिनासम्मको अवधिमा गत वर्षको तुलनामा ७१ दशमलव ५ प्रतिशतले बढेको हो।

गत वर्षको यो असारदेखि फागुनसम्मको अवधीमा बैदेशिक सहयता १ खर्ब ९ अर्ब २८ करोड रहेको थियो। चालू आवमा भने भई १ खर्ब ८७ अर्ब ४४ करोड पुगेको छ।

मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा भनिएको छ, ‘प्रतिबद्धतामध्ये अनुदान सहायता ९ दशमलव ७ प्रतिशत र ऋण सहायता ९० दशमलव ३ प्रतिशत रहेको छ। चालू आर्थिक वर्षको फागुन मसान्तसम्म द्विपक्षीय र बहुपक्षीय सहायताको हिस्सा क्रमशः ३ दशमलव ३ प्रतिशत र ९६ दशमलव ७ प्रतिशत रहेको छ।’

गत आर्थिक वर्षको सोही अवधिमा यस्तो हिस्सा क्रमशः १५ दशमलव ४ प्रतिशत र ४ दशमलव ६ प्रतिशत रहेको थियो।

कुल वैदेशिक सहायता प्रतिबद्धतामा सडक तथा सुशासन क्षेत्रमा सबैभन्दा बढी २ दशमलव ८ प्रतिशत, ऊर्जा क्षेत्रमा २४ दशमलव ६ प्रतिशत र बजेटरी सहायताको रूपमा १२ दशमलव ६ प्रतिशत रहेको छ।

गत हप्ता अर्थ मन्त्रालयले सार्वजनिक गरेको अर्को प्रतिवेदन (विकास सहायता प्रतिवेदन) ले नेपालको कुल विकास सहायताको दुई तिहाइभन्दा बढी वैदेशिक ऋण लिइरहेको देखाएको थियो।

त्यसमा पनि ७० प्रतिशत ऋण सहायता र ३० प्रतिशत मात्रै अनुदान सहायता दिएको छ।

नेपाललाई सहयोग प्रदान गर्नेमा एडीबी (एसियाली विकास बैंक) नेपालमा विकास सहायता सबैभन्दा ठूलो दातृनिकायका रुपमा देखिएको छ।

गत आर्थिक वर्षमा नेपालले पाएको कुल दुई अर्ब ३० लाख अमेरिकी डलरबराबरको वैदेशिक सहायता रकममा एडीबीको ३१ प्रतिशत हिस्सा छ।

त्यस्तै विश्व बैंकको २३ प्रतिशत, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को ११ प्रतिशत, संयुक्त राज्य अमेरिकाको छ प्रतिशत र चीन, भारत तथा बेलायतको समान पाँच।पाँच प्रतिशत योगदान रहेको प्रतिवेदनमा बताइएको छ।

एडीबीसँग ५७ करोड २० लाख अमेरिकी डलर, विश्व बैंकसँग ४३ करोड अमेरिकी डलर र आईएमएफसँग २१ करोड ४० लाख अमेरिकी डलर ऋण प्रतिवेदनमा बताइएको छ।

क्षेत्रगत रुपमा हेर्दा स्वास्थ्य क्षेत्रमा सबैभन्दा धेरै ३१ करोड ८० लाख अमेरिकी डलर, सडक पूर्वाधारका क्षेत्रमा १३ करोड ९० लाख, आर्थिक पुनरुत्थानका कार्यक्रममा २१ करोड ८० लाख, आवासका क्षेत्रमा १५ करोड ३० लाख, ऊर्जाका क्षेत्रमा १४ करोड ३० लाख, शिक्षाका क्षेत्रमा १३ करोड ३० लाख अमेरिकी डलर सहयोग गत आर्थिक वर्षमा नेपालले प्राप्त गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad