स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणबाट नेपालमा थप १३ जनाको मृत्यु भएको जनाएको छ। मृतकमध्ये ८ जनाको गएको २४ घण्टाभित्र मृत्यु भएको हो।
यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार ५३ पुगेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार आज देशभर ५५९ जना नयाँ संक्रमित थपिएका छन्। पाँच हजार १०५ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका हुन्।
आज १३८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्। यो सँगै २ लाख ७४ हजार १६५ जना संक्रमणमुक्त भएका छन्। निको भएको दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
नेपालमा हालसम्म २ लाख ८० हजार ५२४ जना संक्रमित भएका छन्।

प्रतिक्रिया