ad ad

समाज


भारत बन्यो विश्वमै कोरोनाबाट प्रभावित दोस्रो राष्ट्र

भारत बन्यो विश्वमै कोरोनाबाट प्रभावित दोस्रो राष्ट्र

नेपालखबर
चैत ३०, २०७७ सोमबार ८:१३,

दैनिक लाखभन्दा बढी संक्रमित थपिरहेको भारत यतिबेला कोरोनाको सबैभन्दा ठूलो हटस्पट हो किनभने यहाँ दैनिक थपिने कोरोना संक्रमितको दर विश्वमै सबैभन्दा बढी हो।

कोरोनाको तथ्यांक राख्दै आएको वर्ल्डोमिटरका अनुसार भारतमा कुल कोरोना संक्रमितको संख्या १ करोड ३५ लाख २७ हजारभन्दा बढी पुगेको छ। यहाँ १ लाख ७० हजारको मृत्यु भइसकेको छ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित राष्ट्र भने अमेरिका हो। भारतपछि ब्राजिलमा धेरै कोरोना संक्रमित छन्।

यसैबीच गएको २४ घण्टामा मात्र भारतमा एक लाख ६८ हजार कोरोना संक्रमित थपिएका छन्।

भारतमा एकैदिनमा एक लाख ६८ हजार संक्रमित थपिँदा सोही अवधिमा ९०४ को मृत्यु भएको बीबीसीहिन्दीले जनाएको छ।

कोरोना भाइरसको प्रकोप फैलिएको एक वर्षभन्दा बढी भइसक्दा पनि कोरोनाको प्रभाव विश्वभरमा देखिरहेका हुन्।

विश्वभर खोप कार्यक्रम जारी छन्। खोप कार्यक्रम जारी भएता पनि भारतमा भने दैनिक एक लाखभन्दा बढी कोरोना संक्रमित थपिँदै गएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .