कोरोना भाइरसको प्रकोप फैलिएको एक वर्षभन्दा बढी भइसक्दा पनि कोरोनाको प्रभाव विश्वभरमा देखिरहेका हुन्।
विश्वभर खोप कार्यक्रम जारी छन्। खोप कार्यक्रम जारी भएता पनि भारतमा भने दैनिक एक लाखभन्दा बढी कोरोना संक्रमित थपिँदै गएका छन्।
भारतमा एकैदिनमा एक लाख ६८ हजार संक्रमित थपिँदा सोही अवधिमा ९०४ को मृत्यु भएको बीबीसीहिन्दीले जनाएको छ।
यतिबेला भारतमा १२ लाख सक्रिय संक्रमित छन्। यहाँ कुल संक्रमितको संख्या एक करोड ३५ लाखभन्दा बढी पुगेको छ।
एक लाख ७० हजार संक्रमितको मृत्य भइसक्दा १० करोड ४५ लाखमा कोरोना खोपको पहिलो डोज लगाइएको छ।
पछिल्लो तथ्यांक हेर्दा भारतमा नाटकीय रुपमा कोरोना संक्रमित थपिरहेका छन्।
हाल भारत कोरोनाको सबैभन्दा ठूलो हटस्पट हो जहाँ दैनिक कोरोना सक्रमित दर विश्वमै सबैभन्दा बढी छ।

प्रतिक्रिया