समाज


अमेरिकामा सामान्य विषयमै सेनाका लेफ्टिनेन्टलाई प्रहरीले पेस्तोल तेर्स्याएपछि...(भिडिओ)

अमेरिकामा सामान्य विषयमै सेनाका लेफ्टिनेन्टलाई प्रहरीले पेस्तोल तेर्स्याएपछि...(भिडिओ)

नेपालखबर
चैत ३०, २०७७ सोमबार ६:१३,

ती सेनाका लेफ्टिनेन्ट काला जातिको भएको बताइएको छ। गत डिसेम्बरमा भर्जिनियामा लेफ्टिनेन्ट कारोन नाजेरियोमाथि प्रहरीले कार रोकेर पेस्तोल तेर्स्याएका थिए।

नाजेरियोले हाल ती दुई प्रहरीमाथि मुद्दा हालेका छन्। उनका अनुसार प्रहरीले अव्यवसायिक गतिविधि गरेका थिए।

लाइसेन्स नम्बर प्लेट नदेखेपछि प्रहरीले कार रोकेका थिए। नयाँ कार खरिद गरिएकाले त्यहाँ अस्थायी प्लेट भने राखिएको थियो।

तर प्रहरीले अपराधीलाई झै आफूमाथि व्यवहार गरेको लेफ्टिनेन्ट नाजेरियोले बताएका छन्। उनलाई हथकडी समेत लगाइएको थियो।

यद्यपी उनीमाथि कुनै अभियोग भने लगाइएन। तर नाजेरियोले भने भर्जिनियाको नरफल्क डिस्ट्रिक्ट कोर्टमा मुद्दा हालेका छन्।

उनले आफूमाथि प्रहरीले आक्रमण गरेर संवैधानिक अधिकार हनन् गरेको, अवैध रुपमा कारमा खोजी गरेको साथै बिना कारण हिरासतमा लिएको आरोप लगाएका छन्।

विन्डसर प्रहरी विभागले यस विषयमा कुनै प्रतिक्रिया जनाएको छैन।

सामाजिक सन्जाल प्रयोगकर्ताहरुले भने काला जाति भएकै कारण राष्ट्र सेवकमाथि प्रहरीले रंगभेदी व्यवहार गरेको बताइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad