भारतका प्रसिद्ध उद्योगपति मुकेश अम्बानीको घरनजिक विस्फोटक पदार्थ भरेर स्कार्पियो गाडी राखेको प्रकरणबारे अर्काे नयाँ खुलासा भएको छ।
घटना अनुसन्धान गरिरहेको भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले हाल हिरासतमा रहेका मुम्बई प्रहरीका पूर्व सहायक प्रहरी निरीक्षक सचिन वझेले विस्फोटक पदार्थ किन राखेका थिए भन्ने रहस्य पत्ता लगाएको हो।
भारतीय सञ्चारमाध्यमका अनुसार एनआईएले दाबी गरेको छ– सचिन वझेले विस्फोटक पदार्थ राख्नुको उद्देश्य एउटा ठूलो भिडन्त (इन्काउन्टर) गराउनु थियो। त्यसका लागि उनले दिल्लीबाट एकजना ठूला अपराधी उठाउने योजना बनाएका थिए।
एनआईएले विस्फोट पदार्थ प्रकरणमा गत मार्च १३ तारिखमा सचिन वझेलाई पक्राउ गरेको थियो। त्यस क्रममा उनीसँग २७ दिनको लामो बयानपछि अम्बानीको घरमा विस्फोटक पदार्थसहित गाडी राखेको घटनाको पूरा कथा पत्ता लागेको थियो।
यो पनि : अम्बानी प्रकरणले उथलपुथल, गृहमन्त्री देशमुखले राजीनामा दिएसँगै महाराष्ट्र सरकार धरापमा
Shares

प्रतिक्रिया