स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा लापरवाही भए गुनासो गर्न आग्रह गरेको छ।
बिहीबार सूचना प्रकाशित गरी मन्त्रालयले ‘कुनै पनि स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा प्रवाह गर्ने क्रममा सेवाग्राही सर्वसाधारणलाई कुनै समस्य भए वा स्वास्थ्यकर्मीबाट कुनै त्रुटी भएमा’ सम्पर्कका लागि स्वास्थ्य मन्त्रालयको हटलाइन नम्बर र इमेल सार्वजिनक गरेको हो।
मन्त्रालयका अनुसार हटलाइन नं ११३३ मा बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म गुनासो टिपाउन सकिन्छ भने इमेल ([email protected]) मा पनि सम्पर्क गर्न सकिनेछ।
प्राप्त गुनासोलाई गम्भीर रुपमा लिएर कार्यान्वयन गर्ने तथा लापरवाही भएको पाइएमा सम्बन्धित व्यक्तिलाई कारबाही गर्ने पनि मन्त्रालयले प्रतिवद्धता जनाएको छ।

प्रतिक्रिया