समाज


दिल्ली अदालतको आदेशः कारमा एक्लै हुँदा पनि मास्क लगाउनुपर्छ

दिल्ली अदालतको आदेशः कारमा एक्लै हुँदा पनि मास्क लगाउनुपर्छ

नेपालखबर
चैत २५, २०७७ बुधबार ७:५४,

यसबीचमा दिल्लीमा कोरोना भाइरसको प्रकोपलाई नियन्त्रणमा लिन अनिवार्य मास्क लगाउनुपर्ने नियम लागू भएको छ।

दिल्लीको उच्च अदालतले कारमा एक्लै हुँदा पनि चालकले मास्क लगाउनुपर्ने भन्दै आदेश दिएको छ।

गएको २४ घण्टामा मात्र भारतमा १ लाख १५ हजार ७३६ जना कोरोना संक्रमित थपिएका छन्। सोही अवधिमा त्यहाँ ६३० को मृत्यु भएको छ।

यससँगै भारतमा कोरोना संक्रमित हुनेको कुल संख्या १ करोड २८ लाखभन्दा बढी पुगेको छ। यहाँ कोरोनाका कारण १ लाख ६६ हजार १७७ को मृत्यु भइसकेको छ।

गत जनवरी १६ देखि भारतमा खोप कार्यक्रम संचालन भएको छ। ८ करोडभन्दा बढीमा खोप लगाइसक्दा कोरोना नियन्त्रणमा आउने संकेत देखिएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad