अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिका ३० का वडासचिव भरत कुमार पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले पोखरेलविरुद्ध ४ लाख घुस लिएको अभियोगमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
पोखरेलले सेवाग्राहीलाई नियमानुसार पाउने रकमको भुक्तानी नगरी ४ लाख घुस लिएपछि भ्रष्टाचारको मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
प्रतिक्रिया