समाज


बझाङमा पानी ट्यांकी फुटेर दुईजनाको मृत्यु

बझाङमा पानी ट्यांकी फुटेर दुईजनाको मृत्यु

नेपालखबर
चैत २४, २०७७ मंगलबार ९:२०,

बझाङको तलकोट गाउँपालिका–१ चौडामा सोमबार पानी ट्यांकी फुटेर दुई जनाको मृत्यु भएको छ।

५२ वर्षीय गोकुल कुँवर र ४८ वर्षीया सुन्दरीदेवी कुँवरको उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएकी कुँवरको अमिसा अस्पताल चैनपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बनेको पानी ट्यांकीमा पानी जम्मा गर्ने क्रममा पानी ट्यांकी फुटेको हो। परियोजनाअन्तर्गत सेतीनदीबाट लिफ्टिङ गरेर गाउँमा पानी ल्याइएको थियो। पानी ट्यांकी चर्केर पानी चुहिन थालेपछि एक हप्ताअघि मर्मत गरिएको थियो। मर्मत गरिएको ट्यांकीमा पानी जम्मा गर्न लागेका बेला एक्कासि ट्यांकी फुटेर घटना भएको स्थानीय गोपाल कुँवरले बताए।

अमिसा अस्पतालको लापर्वाहीका कारण सुन्दरीको मृत्यु भएको आफन्तले आरोप लगाएका छन्। सुन्दरीको खुट्टामा चोट लागेको थियो। थप उपचारको लागि अस्पताल ल्याएको तर डाक्टरले उपचारमा लापर्वाही गर्दा श्रीमतीको मृत्यु भएको मृतकका श्रीमान् गोपाल कुँवरले बताए।

उनले भने, ‘डाक्टरले आफ्नो श्रीमतीलाई सुई र स्लाइन लगाएर बाहिर गएको र पछि बिरामीको मृत्यु भइसकेपछि अस्पतालमा प्रवेश गरेकाले डाक्टरको लापर्वाहीले श्रीमतीको मृत्यु भएको बताए।

बिरामीका आफन्तले लापरवाही गरेको आरोपमा डाक्टर महेश शाहलाई कारबाहीको माग गर्दै अस्पताल क्षेत्र घेराउ गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad