दुबईमा नग्न तस्बिर खिचेको (फोटोसुट) आरोपमा ११ महिलालाई गिरफ्तार गरिएको छ।
बीबीसीका अनुसार शनिबार अनलाइनमा पोस्ट गरिएको भिडिओ फुटेजमा नग्न महिलाको एक समूह देखिन्छ, जो एउटा बालकोनीमा बसेर आफ्नो तस्बिर खिचिरहेको छ।

युक्रेनी वाणिज्य दूतावसाले बीबीसीलाई बताएअनुसार ती ११ युक्रेनी महिलालाई हिरासतमा राखिएको छ। रुसी सञ्चारमाध्यमका अनुसार रुसका एक व्यक्तिलाई पनि नियन्त्रणमा लिइएको छ।
दुबईमा सार्वजनिक नग्नता मामिलामा ६ महिनासम्म जेल तथा ५ हजार दिरम्स (१ लाख ५८ हजार ९३७.३४ रुपैयाँ) जरिवाना गर्ने प्रावधान छ।
यूएईका धेरैजसो कानुन शरीरसँग सम्बन्धित छन्। त्यहाँ सार्वजनिक स्थानमा प्रेम प्रदर्शन गरेको अभियोगमा जेलसमेत हालिसकिएको छ।
दुबईमा प्रहरीले पहिले नै चेतावनी दिइसकेको छ कि कसैले पनि अश्लील सामग्री प्रकाशन गरेमा त्यसले ‘सार्वजनिक नैतिकतामा क्षति पुर्याउँछ’ र त्यसो गर्नेलाई जेल सजाय र जरिवाना गरिनेछ।

प्रतिक्रिया