छत्तिसगढको विजापुरमा शनिबार माओवादी र सुरक्षाकर्मीबीच गोली हानाहान भएको हो।
भारतीय प्रहरीका अनुसार यो भिडन्तमा परी धेरै सुरक्षाकर्मीहरु घाइते भएका छन् त्यसकारण मृतकको संख्या बढ्नसक्छ।
बीबीसीहिन्दीसँग कुरागर्दै प्रहरीले भनेका छन्,‘सुकम र बिजापुर जिल्लाका सुरक्षाकर्मीले विद्रोहीको खोजी गरिरहेका थिए। तर्रेम र सिलगेर जंगलको इलाकामा लुकेका माओवादी विद्रोहीले एक्कासी आक्रमण गरेका हुन्।’
गत मार्च २५ मा माओवादीले सो क्षेत्रमा दर्जभन्दा बढी सार्वजनिक गाडीमा आगो लगाएका थिए। त्यसअघि २३ मार्चमा माओवादीले ५ सुरक्षाकर्मीलाई आक्रमण गरी मारेका थिए।
२० मार्चमा भने प्रहरीले एक माओवादी विद्रोहीलाई मारेका थिए।

प्रतिक्रिया