भारतका प्रसिद्ध उद्योगपति मुकेश अम्बानीको घरबाहिर विस्फोट पदार्थ फेला परेको प्रकरण अनुसन्धान गरिरहेको नेसनल इन्भेस्टिगेसन एजेन्सी (एनआईए) ले ठूलो सफलता प्राप्त गरेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार एनआईएले घटनासँग जोडिएकी एक महिलालाई गिरफ्तार गरेको हो। ती महिला सोही प्रकरणमा हाल हिरासतमा रहेका मुम्बईका निलम्बित सहायक प्रहरी निरीक्षक सचिन वझेको नजिकको सहयोगी रहेको बताइएको छ।
मिडिया रिपोर्टका अनुसार गत फेब्रुअरी १६ मा दक्षिण मुम्बईस्थित फाइभ स्टार होटलमा सचिन वझेका साथ ती महिला देखिएकी थिइन्।
ठाणेस्थित फ्यालबाट महिला पक्राउ
मुकेश अम्बानीको घरबाहिर बरामद विस्फोटक पदार्थसहितको स्कार्पियो गाडी फेला परेको तथा त्यस गाडीका मालिक भनिएका मनसुख हिरेनको हत्या सम्बन्धमा अनुसन्धान क्रममा दक्षिण मुम्बईमा रहेको होटल तथा क्लबमा प्रहरीले छापा मारेको थियो। त्यस क्रममा एनआईएले ठाणेस्थित फ्ल्याटमा पनि सर्च गरेको थियो। त्यस क्रममा फेला परेकी ती महिलालाई घण्टौं सोधपुछपछि हिरासतमा लिइएको हो।
महिलाबाट कैयौं परिचयपत्र र पैसा गन्ने मेसिन बरामद
मिडिया रिपोर्टका अनुसार ती महिला सचिन वझेसँग मिलेर कालो धनलाई सेतो बनाउने काममा संलग्न रहेको एनआईएको दाबी छ। ती महिलाले दोहोरो परिचयत्रबाट यस्तो काम गरेको पाइयो। साथै उनबाट पैसा गन्ने मेसिन पनि बरामद भयो, जुन मेसिन गत महिना सचिन वझेको कारमा फेला परेको थियो।
यो पनि : अम्बानीको घरनजिक राखिएको विस्फोट पदार्थ प्रहरी अधिकारी वझेले नै खरिद गरेको खुलासा
Shares

प्रतिक्रिया