नेपालमा पछिल्लो २४ घण्टामा १६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन हजार १९ जनाको पीसीआर परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएको जनाएको छ।
मन्त्रालयलका प्रवक्ता प्राडा जागेश्वर गौतमले मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा गत सोमबारदेखि आजसम्म ४७० जना संक्रमित थपिएको जानकारी दिए। यो अवधिमा १० हजार १८१ जनाको परीक्षण गरिएको थियो।
आज देशभर एक हजार ४९३ जना सक्रिय संक्रमित रहेका पनि उनले जानकारी दिए। यस्तै, आज ३८ जना आईसीयूमा उपचाररत रहेकोमा ५ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन्।
आज ५९ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा काठमाडौंमा ५०, ललितपुरमा १३ र भक्तपुरमा ४ गरी ६७ जनामा संक्रमण पुष्टि भएको छ।
3
Shares

प्रतिक्रिया