समाज


अमेरिकामा एसियाली–अमेरिकी महिलामाथि फेरि हिंसा, लात्ताले हिर्काइयो (भिडिओ)

अमेरिकामा एसियाली–अमेरिकी महिलामाथि फेरि हिंसा, लात्ताले हिर्काइयो (भिडिओ)

नेपालखबर
चैत १८, २०७७ बुधबार ९:३५,

अमेरिकाको न्युयोर्कस्थित म्यानह्याटनमा गत सोमबार एक एसियाली–अमेरिकी महिलामाथि लात्ताले निर्घात कुटपिट भएको भिडिओ सार्वजनिक भएको हो।

भिडिओमा देखिएअनुसार ६५ वर्षकी महिलालाई काला जातिका मानिसले पेटमा लात्ताले हिर्काएर भुइँमा लडाइदिएका छन्।

त्यसपछि पनि उनले महिलामाथि आक्रमण गरेका छन्। आक्रमण भइरहँदा एक सुरक्षागार्ड भने चुपचाप बसिरहेको भिडिओमा देखिएको छ।

एससीएमपीका अनुसार महिलाको कम्मरको भागमा चोट लागेको छ। न्युयोर्क सिटीको प्रहरी विभागका अनुसार यो आक्रमण जातिवादी दृष्टिकोणकै कारण भएको हो।

हाल प्रहरीले आक्रमणकारीको तस्बिरहरु प्राप्त गरेका छन् र उनको खोजी कार्य भइरहेको छ।

एसियाली विशेषगरी चिनियाँ नागरिकजस्ता देखिने मानिसमाथि अमेरिका शारीरिक रुपमा आक्रमण भइरहेका हुन्।

कोरोना भाइरस चीनबाट फैलन सुरुवात भएको थियो। त्यसकारण कोरोना फैलनुमा जिम्मेवार ठहर्याउँदै चिनियाँजस्ता देखिने मानिसमाथि आक्रमणको घटना बढेको विभिन्न अध्ययनले देखाएका छन्।

यसै महिना मात्र अमेरिकास्थित सानफ्रान्सिस्कोको सडकमा एक ३९ वर्षका पुरुषले ७६ वर्षकी चिनियाँ वृद्धामाथि मुक्का प्रहार गरेका थिए। गतहप्ता एटलान्टामा एक बन्दुकधारीले ६ एसियाली महिलासँगै ८ जनाको हत्या गरेका थिए।

अमेरिकी प्रहरीले कोरोना प्रकोपका बेलादेखि नै चिनियाँ तथा एसियालीमाथि हुने सम्भावित आक्रमण र हिंसालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाएका छन्। यद्यपी आक्रमणको घटना नियन्त्रणमा आउन सकेको छैन।

(भिडिओ)

यो पनिः बेलायतमा चीनका प्राध्यापकलाई ‘चाइनिज भाइरस गेट आउट’ भन्दै कुटपिट गरियो

७६ वर्षकी चिनियाँ वृद्धामाथि अमेरिकामा आक्रमण, मुक्का प्रहार गर्ने पुरुष उल्टै अस्पतालमा

जातीय आक्रमण बढेपछि एसियाली मुलका अमेरिकी सेनाले युद्धको घाउ देखाउँदै भने...

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad