समाज


डब्लूएचओको रिपोर्टमा अमेरिका असन्तुष्ट, प्रयोगशालाबाट कोरोना फैलिएको धारणामा अडिग

डब्लूएचओको रिपोर्टमा अमेरिका असन्तुष्ट, प्रयोगशालाबाट कोरोना फैलिएको धारणामा अडिग

नेपालखबर
चैत १८, २०७७ बुधबार ५:५५,

डब्लूएचओले जारी गरेको प्रतिवेदनमा कोरोना भाइरस प्रयोगशालाबाट फैलिएको नदेखिएको उल्लेख गरिएको छ।

त्यहाँ अन्य जनावरबाट चमेरा र चमेराबाट मानिसमा कोरोना फैलिएको जनाइएको छ।

उक्त प्रतिवेदनसँगै अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले भनेको छ,‘अमेरिकी नागरिक कोरोना कहाँ र कसरी फैलियो भन्नेबारेको उपयुक्त जानकारी चाहन्छन्।’

अमेरिकी अधिकारीहरुले यसअघि चीनस्थित वुहानको प्रयोगशालाबाट कोरोना फैलिएको आशंका व्यक्त गरेका थिए।

तर डब्लूएचओले कोरोना प्रयोगशालाबाट फैलिएको प्रमाण नभेटिएको बताएसँगै ह्वाइट हाउसका प्रवक्ता जिन साकीले भनेकी छिन्,‘मलाई लाग्छ अमेरिकी राष्ट्रपति जो बाइडेन, विश्व समुदाय, चिकित्सा विशेषज्ञहरु तथा कोरोनाबाट ज्यान गुमाउनेका परिवार र कोरोनाविरुद्ध डटिरहेकाहरु कोरोनाबारे पारदर्शी जानकारी चाहन्छन्।’

यसअघि पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले कोरोनाको खतराबारे जानकारी लुकाएकै कारण विश्वभर कोरोना फैलिएको आरोप लगाएका थिए।

डब्लूएचओ चीनसँग नजिकिएको पनि ट्रम्पको भनाइ थियो।

अमेरिकाले डब्लूएचओको रिपोर्टमा आशंका व्यक्त गरेसँगै डब्लूएचओको प्रमुख टेड्रोस एडह्यानम गिब्रियसुसले प्रतिक्रिया जनाएका छन्।

उनले भनेका छन्,‘चिनियाँ प्रयोगशालाबारे सिद्धान्त सत्य साबित हुने सम्भावना निकै कम छ र बिना गहन अध्ययन बोल्न ठिक हुनेछैन।’ सीएनएन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad