ad ad

समाज


ग्यास लिक हुँदा रेस्टुरेन्टमा आगलागी

ग्यास लिक हुँदा रेस्टुरेन्टमा आगलागी

नेपालखबर
चैत १७, २०७७ मंगलबार ११:४०,

बागलुङ जिल्लाको बागलुङ नगरपालिका–२ लोकतान्त्रिक चोकस्थित ग्रिन एण्ड चिल्ड्रेन रेस्टुरेन्टमा ग्यास लिक भएर आगलागी भएको छ।

मंगलबार रेस्टुरेन्टको भान्छा कोठामा ग्यास लिक भई आगलागी हुँदा करीब १२ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको बताइएको छ।

सो आगलागी सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्म बागलुङबाट खटिएको एपीएफ टोली, स्थानीय प्रहरी र स्थानीय बासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा ल्याएका छन्।

यता, बाग्लुङकै बडिगाड गाउँपालिका–७ स्थित भिमगिठ्ठेमा एक घरमा भएको आगलागी एपीएफ टोलीले स्थानीय प्रहरी र स्थानीय वासिन्दाको सहयोगमा
नियन्त्रणमा ल्याएको छ।

गंगाबहादुर गुरुङको कच्ची घरमा विद्युतीय तार सर्ट भई आगलागी हुँदा करिब १५ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ।

आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्म बाग्लुङबाट खटिएको एपीएफ टोली सो आगलागी नियन्त्रणमा सकृयताकासाथ जुटेको थियो।

यसैगरी सर्लाही जिल्लाको चक्रघट्टा नगरपालिका ३ मा चैत्र १७ गते भएको आगलागी एपीएफ टोली र स्थानीय वासिन्दाले नियन्त्रणमा ल्याएका छन्।

सोही ठाउँमा रहेको शेख महोमदको फुसको घरमा घुर ताप्ने क्रममा आगो सल्कन गई आगलागी हुँदा करीव पाँच लाख रुपैयाँ बराबरको अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको बताइएको छ।

यसैगरी नवलपरासी जिल्लाको प्रतापपुर गाँउपालिका ८ स्थित पिपरपातीमा भएको आगलागी एपीएफ टोली, स्थानीय प्रहरी र स्थानीय बासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा ल्याएका छन्।

सो ठाउँमा रहेको दुर्गा भेली उद्योग र शुभ लक्ष्मी भेली उद्योगमा अचानक आगलागी भई करीब ३० लाख ७० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .