राजनीति


प्रचण्डलाई चेतावनी दिँदै ओलीले भने : ती दिन गए, उमेरको ख्याल गर्नुहोस्

प्रचण्डलाई चेतावनी दिँदै ओलीले भने : ती दिन गए, उमेरको ख्याल गर्नुहोस्

नेपालखबर
चैत १७, २०७७ मंगलबार ११:३२,

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष्य केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कडा चेतावनी दिएका छन्।

मंगलबार रिपोर्टर्स क्लबको २३ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले जे गरे पनि हुन्छ भन्ने पुराना दिन गएको भन्दै उमेरको ख्याल गरेर अगाडि बढ्न आग्रह गरेका हुन्।

उनले प्रचण्डलाई सुरु देखिनै मिच्ने बानी परेको भन्दै अब त्यस्तो नचल्ने चेतावनी दिएका हुन्।

‘जे गरे पनि हुने, उहाँहरुको बानी के परेको भने विनाश गरे पनि हुने, ध्वस्त गरे पनि हुने, भत्काए पनि हुने, लुटे पनि हुने, मारे पनि हुने कुटे पनि हुने, काटे पनि हुने’ ओलीले भने हक्का गरेको छ, जुरो हल्लाको छ, हिँडेको छ । त्यो भएको हुनाले बानी बानी बिग्रेको। अब त्यो चल्दैन ती दिन गए।

उनले जनयुद्धका समयमा प्रचण्डका हतियार र सेनासँग अरु डराए पनि आफू भने नडाराएको र प्रचण्डले गरेको काम गलत भन्दै हिँडेको स्मरण गरे।

‘एउटा समय थियो ममात्रै बोल्थेँ। मान्छेहरु तपाईंका हतियार, लडाकुसँग डराउने समय थियो। तर, म नडराइ बोल्थेँ, बोल्थेँ। त्यसबेला पनि बोल्थे, गलत गर्दे हुनुहुन्छ भनेर लल्कार्थेँ’, उनले भने, ‘आज त तपाईंका सेना पनि छैन, हतियार पनि छैन। ती दिन त गए त अब।’

प्रधानमन्त्री ओली गाउँका एक बृद्ध हजुरबाको उदाहरण दिँदै उमेरको ख्याल गर्न सुझाब दिएका छन्।

‘गाउँमा एकजना हजुरबा हुनुहुन्थ्यो। केटाहरुले छेलो फ्याँकेको देखेर यति जाबो डुंगा त म फुत्त फ्याक्दिन्छु भनेर अघि सनुहुन्थ्यो छेलो फाल्दा कम्मर सड्किएर ढल्नुहुन्थ्यो। उहाँले आफू बुढो भएको थाहा पाउनुभएन छ’, ओलीले भने, ‘प्रचण्डजीलाई पनि म उमेर सम्झिन आग्रह गर्न चाहन्छु। उमेर सम्झिएर छेलो फ्याक्न नखोज्नुस, ढाड सड्किन्छ। त्यो जमाना गयो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .