एसियाली विशेषगरी चिनियाँ नागरिकजस्ता देखिने मानिसमाथि शारीरिक आक्रमण भएका हुन्।
कोरोना भाइरस चीनबाट फैलन सुरुवात भएको थियो। त्यसकारण कोरोना फैलनुमा जिम्मेवार ठहर्याउँदै चिनियाँजस्ता देखिने मानिसमाथि आक्रमणको घटना बढेको विभिन्न अध्ययनले देखाएका छन्।
यसै महिना मात्र अमेरिकास्थित सानफ्रान्सिस्कोको सडकमा एक ३९ वर्षका पुरुषले ७६ वर्षकी चिनियाँ वृद्धामाथि मुक्का प्रहार गरेका थिए। गतहप्ता एटलान्टामा एक बन्दुकधारीले ६ एसियाली महिलासँगै ८ जनाको हत्या गरेका थिए।
अमेरिकी प्रहरीले कोरोना प्रकोपका बेलादेखि नै चिनियाँ तथा एसियालीमाथि हुने सम्भावित आक्रमण र हिंसालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाएका छन्। यद्यपी आक्रमणको घटना नियन्त्रणमा आउन सकेको छैन।
यसबीचमा एसियाली मूलका अमेरिकी पूर्व सेना लि वाेङले अमेरिकामा भइरहेको जातिवादी आक्रमणको निन्दा गरेका छन्।
६९ वर्षका उनले अमेरिका सबैको घर भएको बताउँदै देशभक्ति हुनलाई के गर्नुपर्छ? भनेर प्रश्न गर्दै युद्धको घाउहरु देखाएका छन्। ओहायो राज्यको वेस्ट चेस्टरमा उनी निर्वाचित सरकारी अधिकारी हुन्।
हालै एसियाली मुलको भएकै कारण उनीमाथि भएको जातीय भेदभावको विषयका बारेमा उनलाई बोल्न लगाइएको थियो।
भिडियोमा देखिएअनुसार उनले आफूले लगाएको सर्ट खोलेर युद्धका घाउँँ देखाउँदै भन्छन्,‘यो मेरो प्रमाण हो। के यो देशभक्ति हुन पर्याप्त छैन?’
मानिसहरुले वोङलाई अमेरिकीजस्तो पटक्कै नदेखिएको प्रश्न बारम्बार गर्दै आएको उनको भनाइ छ।
फक्स न्युजका अनुसार उनी सन् १९६० मा अमेरिका अध्ययनका लागि गएका थिए। सो क्रममा उनीमाथि शारीरिक आक्रमण भएको थियो भने उनलाई गाली गलौज गरिएको थियो।
उनले २० वर्ष अमेरिकी सेनामा सेवा गरेका थिए। उनले यतिबेला अमेरिकामा एसियालीमाथि हुने हिंसाविरुद्ध अभियान चलाइरहेका छन्।
अमेरिकाजस्तो देशमा जातिवादी आक्रमणको घटनाहरु हुन् लज्जास्पद कुरा भएको उनको भनाइ छ।
Shares

प्रतिक्रिया