समाज


हेलमेट नलगाइ मोटरसाइकल चलाउनेलाई रोक्न खोज्दा प्रहरीमाथि बोतल प्रहार

हेलमेट नलगाइ मोटरसाइकल चलाउनेलाई रोक्न खोज्दा प्रहरीमाथि बोतल प्रहार

नेपालखबर
चैत १७, २०७७ मंगलबार ९:१४,

ड्युटीमा खटिएको प्रहरी कर्मचारीमाथि बोतल प्रहार गरेको अभियोगमा धनुषा लक्ष्मिनियाँ गाउँपालिका–६ निकाल बस्ने ३० वर्षीय सन्तोष शर्मालाई प्रहरीले पक्राउ गरेको छ।

क्षिरेश्वरनाथ नगरपालिका–६ सखुवा चोकमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाबाट ट्राफिक सहित खटिएको प्रहरीले ज.१२ प ५०१४ नम्बरको मोटरसाइकललाई हेलमेट नलगाएको कारण उनलाई रोक्न खोजेको थियो।

तर मोटरसाइकल नरोकी ट्राफिक प्रहरी जवानलाई सामान्य ठक्कर दिई जनकपुरतर्फ फरार भएपछि प्रहरीले पछ्याउँदै सोही नगरपालिका हरैया चोकमा उक्त मोटरसाइकल फेला पारी नियन्त्रणमा लिएको थियो।

मोटरसाइकललाई कार्यालयतर्फ ल्याउने क्रममा मोटरसाइकलमा सवार सन्तोषले प्रहरीमाथि अचानक खाली बियरको बोतलले प्रहार गर्दा २ जना प्रहरी कर्मचारी घाइते भएको र महेन्द्रनगर हेल्थकेयरमा उपचार पश्चात उनीहरू डिस्चार्ज भएका छन्।

हाल फरार रहेका अन्य व्यक्तिहरूको प्रहरीले खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad