समाज


बारामा होली खेल्ने क्रममा भएको झडपमा एक जनाको मृत्यु, ६ घाइते

बारामा होली खेल्ने क्रममा भएको झडपमा एक जनाको मृत्यु, ६ घाइते

नेपालखबर
चैत १७, २०७७ मंगलबार ८:५९,

बाराको कलैया उपमहानगरपालिका–२३, भथौडामा होली खेल्ने क्रममा झडप हुँदा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका हनुसार मृत्यु हुनेमा सोही स्थानका ६५ वर्षीया सञ्जा देवीको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्।

सोमबार होली खेल्ने क्रममा भएको झड्पमा सञ्जासहित ७ घाइते भएका थिए। गम्भीर घाइते भएकी सञ्जाको भवानी अस्पताल वीरगञ्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते अन्य ६ जनाको नेशनल मेडिकल कलेज वीरगन्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

झडपमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

प्रहरीले झडपमा संलग्न सोही स्थानका २३ वर्षीय ओमप्रकाश गुप्तासहित ४ जना र प्रहरीमाथि हातपात गर्ने १ जना गरी ५ जनालाई नियन्त्रणमा लिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad