भारतका दर्जनभन्दा बढी राज्यमा कोरोना महामारीको दोस्रो लहर फैलिएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार महामारी नियन्त्रणको अनुभव भएर पनि ती राज्यले अवस्था सामान्य बनाउन सकेका छैनन्। कारण अहिलेको कोरोना भाइरस पहिलेको भन्दै निकै संक्रामक हुनु हो।
तथ्यांक विश्लेषण गर्दा पहिलेको भन्दा अहिलेको कोरोना ३ सय प्रतिशत बढेको पाइएको विज्ञले बताएका छन्।
यसमा केन्द्र सरकारदेखि राज्य सरकारसम्म जिम्मेवार रहेको सरोकारवालाले बताएका छन्।
नजिकैको छिमेकी भारतमा कोरोनाको दोस्रो लहर तीव्र बनेपछि स्वाभाविक रूपमा नेपालमा पनि खतरा बढेको छ। सचेतना अपनाउन सरकार तथा विज्ञले आम नागरिकलाई आह्वान गरिरहेका छन्।

प्रतिक्रिया