भारतमा लगातार दोस्रो दिन ६२ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका हुन्।
बीबीसीहिन्दीका अनुसार गएको २४ घण्टामा भारतमा ६२ हजार ७१४ नयाँ संक्रमित थपिएका छन्।
सोही अवधिमा कोरोनाबाट त्यहाँ ३१२ को मृत्यु भएको जानकारी दिइएको छ।
यसअघि हिजोमात्र भारतमा ६२ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका थिए।
हाल कोरोनाको खतरा मध्यनजर गर्दै महाराष्ट्रमा राति कर्फ्यू जारी गरिएको छ भने दिल्लीमा मिनी लकडाउन लागू भएको छ।
प्रतिक्रिया