दुईदिने बंगलादेश भ्रमणमा गएका मोदीले दोस्रो दिन शनिबार इश्वरीपुरको जोशेश्वरी काली मन्दिरमा पूजा गरेको बीबीसीहिन्दीले जनाएको छ।
पूजा सकिएपछि मोदीले पत्रकारहरुसँग आफूले काली मातासँग विश्व कोरोनामुक्त होस् भन्दै प्रार्थना गरेको बताए।
जोशेरेश्वरी काली मन्दिरलाई ५१ शक्तिपिठमध्ये एक मानिन्छ।
यसैबीच बंगलादेशमा मोदीको भ्रमणको विषयलाई लिएर चर्को विरोध भएको छ।
शुक्रबारदेखि शनिबारसम्म बंगलादेशमा मोदीविरुद्ध प्रदर्शनमा उत्रिएका मानिसहरु र प्रहरीबीच झडप हुँदा पाँच जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया