नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ।
शनिबार मध्यान्ह पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समित बैठक सुरु भएको एक नेताले जानकारी दिए।
कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको शुक्रबार राति निधन भएपछि कांग्रेसले शनिबारका लागि आकस्मिक केन्द्रीय समिति बैठक बोलाएको हो।
बैठकले जोशीको निधनमा शोक प्रस्ताव पारित गर्ने बताइएको छ।
जोशीको पार्थिव शरीर अहिले १२ बजेबाट २ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने छ।
गत फागुन १४ गते बिहान मस्तिष्कघात भएपछि निर्भिक अस्पतालमा उपचाररत जोशीको शुक्रबार राति निधन भएको हो।
विसं २०१९ असार ३ गते काठमाडौँमा जन्मिएका नेता जोशी २०७० मा काठमाडौं क्षेत्र नं ८ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए। उनी पूर्व उद्योगमन्त्री समेत हुन्।
Shares

प्रतिक्रिया