प्यासिफिक एभेन्यु ब्लक १९०० मा स्थानीय समयअनुसार शुक्रबार राति ११ बजेर २४ मिनेटमा दुई व्यक्तिबीच गोली हानाहान हुँदा एक प्रहरीसहित १० जनाको मृत्यु भएको डेली मेलले जनाएको छ।
प्रहरीले घटना लगत्तै सो स्थान खाली गराएको थियो। ती गोली हानाहानमा आवद्ध मानिसले प्रहार गरेको गोली स्थानीय बार, रेस्टुरेन्ट, पार्किङ लटसम्म पुगेका थिए।
हाल उक्त घटनाको विषयमा अनुसन्धान भइरहेको छ। एनबीसी न्युजका अनुसार गोली लागेका ६ जनाको यतिबेला सेन्तरा भर्जिनियाबीच जनरल हस्पिटलमा उपचार भइरहेको छ।
याे पनि: अमेरिकामा गएको एक हप्तामै ७ वटा गोलीकाण्डका घटना (सूचीसहित)

प्रतिक्रिया