एएफपीका अनुसार बोल्डर शहरको टेबल मेसा इलाकाको एक सुपरमार्केटमा स्थानीय समयअनुसार सोमबार दिउँसो ३ बजे गोलाबारी भएको थियो।
प्रहरीले हाल ती बन्दुकधारी व्यक्तिलाई गिरफ्तार गरिसकेको छ। यो गोलाबारी पछाडिको कारण भने अनुसन्धानको क्रममा छ।
अमेरिकामा गोलबारीका घटना भइरहन्छन्। तर पछिल्लो समय यो क्रम तीव्र गतिमा बढेको पाइएको छ।
सीएनएनका अनुसार सोमबारको घटनासँगै यस मार्च महिनाको पछिल्लो एक हप्ता भित्र मात्र अमेरिकाका ७ वटा गोलीकाण्डका घटना भएका छन्।
सूची
१. मार्च १६ः एटलान्टा राज्यमा एसियाली महिलाले संचालन गरेको स्पा र ब्युटिपार्लरमा गोलाबारी हुँदा ६ एसियाली महिलासहित ८ को मृत्यु भएको थियो। यस घटनालाई जातीय विभेदको रुपमा हेरिएको छ।
२. मार्च १७ः क्यालिफोर्नियाको स्टकटनमा कारमा सवार पाँच जनामाथि योजनावद्ध हमला भएको थियो। तर यस गोलाबारीमा कोही घाइते भएनन्।
३. मार्च १८ः आरेगेनको ग्रेसहाममा अन्धाधुन्ध प्रहार हुँदा चार जना घाइते भएका थिए।
४. मार्च २०ः ह्युस्टनमा एउटा क्लबमा झगा हुँदा पाँच जनामाथि गोली प्रहार भएको थियो। एक जनाको घाँटीमा गोली लाग्दा उनी गम्भीर घाइते बनेका थिए।
५. मार्च २०ः ड्यालसमा बन्दुकधारीले ८ जनामाथि गोली हानेका थिए। एक जनाको मृत्यु भएको थियो।
६. मार्च २०ः फिलाडेल्फियाः अवैध रुपमा आयोजना गरिएको पार्टीमा गोलाबारी हुँदा एकको मृत्यु हुँदा पाँच घाइते बनेका थिए। त्यहाँ १५० व्यक्ति सहभागी थिए।
७. मार्च २२ः कोलाराडोमा भएको गोलाबारीमा एक प्रहरीसहित १० जनाको मृत्यु भएको छ। सीएनएन
यो पनिः अमेरिकामा एसियालीमूलका मानिसमाथि आक्रमण बढेपछि त्यसको विरोधमा बोल्यो नेपाली दूतावास

प्रतिक्रिया