अर्काको फेसबुकमा अनधिकृत पहुँच पुर्याइ ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा चितवन जिल्लाको रत्ननगर नगरपालिका–१ निपनि चोकका २१ वर्षीय विनेस महतो रहेका छन्।
महतोले पीडितको साथीको फेसबुक ‘ह्याक’ गरी मेसेन्जरबाट पीडितहरुलाई म्यासेज गरी बिभिन्न बहाना बनाई झूक्याई रु ४७ हजार मोबाइल बैंकिङबाट ट्रान्सफर गरी दिनु भनि ठगी गरेको प्रहरीले जनाएको छ।
महत्तोलाई महानगरीय अपराध महाशाखाको टोलीले बिहीबार पक्राउ गरी ठगी मुद्दामा आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाएको जनाएको छ।

प्रतिक्रिया