नेकपा एमालेको संसदीय दलको बैठकमा उपाध्यक्ष वामदेव गौतमले बोल्ने समय माग गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेका छन्।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपाल–खनाल पक्षबीच जुहारी चलेको थियो।
दुई पक्षबीचको जुहारीकै बीच उपाध्यक्ष गौतमले बोल्नका लागि समय माग गरेका थिए। तर, प्रधानमन्त्री ओलीले आफूसँग समय नभएको भन्दै गौतमलाई बोल्न रोकेको एक सांसदले बताए।
‘नेपाल–खनाल पक्षका नेता र प्रधानमन्त्री ओलीबीच जुहारी चलिरहेकै समयमा उपाध्यक्षले गौतमले बोल्नका लागि समय माग गर्नुभएको थियो’, ती सांसदले नेपालखबरसँग भने, ‘तर, प्रधानमन्त्री ओलीले आफू अन्य कार्यक्रमहरुमा पनि जानुपर्ने भएका कारण बैठक टुंग्याउनुपर्न भन्दै उहाँलाई बोल्ने समय नै दिनुभएन्।’
शुक्रबारको बैठकमा नेपाल–खनाल पक्षका नेताहरुले सर्वोच्चको फैसलापछि पार्टी २०७५ जेठ २ गतेको अवस्थामा फर्केको त्यसपछि एकलौटी रुपमा गरिएका सबै निर्णयहरु खारेज गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए।
तर, प्रधानमन्त्री ओलीले परिस्थिति धेरै अगाडि बढेका कारण जेठ २ मा फर्किनुपर्छ भन्नुको कुनै अर्थ नहुने जवाफ दिए।
यही विषयलाई लिएर नेता घनश्याम भुसाल र प्रधानमन्त्री ओलीबीच केहीबेर जुहारी चलेको थियो

प्रतिक्रिया