कारोबार


सेफ्टीले ल्यायो ट्याम्पन्स र महिनावारी कप

सेफ्टीले ल्यायो ट्याम्पन्स र महिनावारी कप

नेपालखबर
चैत १२, २०७७ बिहिबार १३:४,

ज्यास्मिन हाइजिन प्रोडक्ट्सद्वारा उत्पादित र नेपालमा बनेको पहिलो स्यानिटरी प्याड ब्राण्ड सेफ्टीले महिनावारी कप र ट्याम्पन्सलाई हालै प्रस्तुत गरेको छ।

सेफ्टी स्यानिटरी प्याड्स सुलभ मुल्यमा विश्वस्तरीय गुणवत्ताका स्यानिटरी प्याडहरुको लागि परिचित छ।

‘रेगुलर’ देखि अत्यन्त पातलो ‘अल्ट्रा’ प्याडहरु सम्मको यसका विभिन्न उत्पादनहरुमा अब महिनावारी कप र ट्याम्पन्स पनि थपिएको छ, जसले गर्दा महिलाहरुलाई उनीहरुको महिनावारीको दौरान धेरै विकल्पहरु र धेरै आराम दिने लक्ष्य सेफ्टीले लिएको छ। सेफ्टी ट्याम्पन्समा माहनावारीको दौरान धेरै समयसम्म सोस्ने क्षमता रहेको छ।

यसैगरी सेफ्टी महिनावारी कप पुनः प्रयोग गर्न मिल्ने गरी बनाइएको छ र यो मेडिकल दर्जाको सिलिकनबाट बनेको छ। महिनावारी कप प्रत्येक ४ देखि ८ घण्टाको बीचमा खाली गरी धोई फेरि लगाउन सकिन्छ। दुवै ट्याम्पन्स र महिनावारी कप यात्रा गर्दा, व्यायाम गर्दा वा पौडी खेल्दाको समयमा पनि प्रयोग गर्न सकिन्छ।

सेफ्टी आफ्ना उपभोक्ताहरुको लागि आरामदायी र व्यवस्थित महिनावारीको सुनिश्चितता प्रदान गर्न समर्पित छ। नयाँ शृँखलाको सेफ्टी ट्याम्पन्स र महिनावारी कप सुरक्षित, सजिलो, वातावरण मैत्री, रसायन मुक्त र बजेट मैत्री विकल्पहरु हुन्, जसलाई महिलाहरुले उनीहरुको महिनावारीको दौरान प्रयोग गर्न सक्छन्।

नयाँ उत्पादनहरु बिक्री शुभारम्भको अवसरमा मन्तव्य राख्दै ज्यास्मिन हाइजिनको जनरल मेनेजर स्वर्णिमा राजभण्डारीले भनिन्, ‘सेफ्टी जहिले पनि महिलाहरुलाई धेरै छनौटहरु र धेरै स्वतन्त्रता प्रदान गर्ने लक्ष्यमा अग्रसर छ। यो हाम्रो त्यही उद्देश्य प्राप्तीको एक अर्को कदम हो। हामीलाई आशा छ, हाम्रो देशका महिलाहरुको लागि हाम्रो नयाँ उत्पादनहरु अत्यन्त लाभदायी हुनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad