नेपाली सेनाको राष्ट्रिय सेवा दलद्वारा सञ्चालित अभिमुखिकरण कक्षाबाट प्रशिक्षित क्याडेटहरु ट्राफिक व्यवस्थापनमा खटिएको नेपाली सेनाले जनाएको छ।
उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप सहज, सुरक्षित एवम् व्यवस्थित बनाउने कार्यमा सहयोग पुर्याउने उद्देश्यले एनसीसी क्याडेटहरु यही चैत १० गतेबाट १० दिनको लागि काठमाडौं र भक्तपुर जिल्लाका विभिन्न स्थानहरुमा बिहान ८ बजेबाट १० बजेसम्म र दिउँसो ३ बजेबाट साँझ ६ बजेसम्म २ सिफ्टमा परिचालन भइरहेको सेनाले जनाएको छ।
राष्ट्रिय सेवा दल मुख्यालय र महानगरीय ट्राफिक प्रहरी महाशाखाको कार्यालयमा चैत ८ र ९ गते ‘एनसीसी अल्युम्नी एसोसियसन नेपाल’ का ५० जना पूर्व दीक्षित क्याडेटहरुलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाको समन्वयमा दुई दिने ट्राफिक अभिमुखिकरण सम्बन्धी कक्षा सञ्चालन गरिएको थियो।
राष्ट्रिय सेवा दलले प्रशिक्षित एनसीसी क्याडेटहरुको सहभागितामा विभिन्न मानविय सेवा तथा विपदको समयमा स्वयं सेवकको रुपमा परिचालन भई जनचेतनामूलक तथा सामाजिक कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ।
Shares

प्रतिक्रिया